पत्रकारिता विभागको बेथिति अझै हेरेरै बस्ने?

तस्बिर : नेपाल लाइभ

व्यक्तिगत महत्वकांक्षामा चुर्लुम्म पत्रकारिता विभाग’ शीर्षकमा मेरो आलेख१ नेपाल लाइभमा प्रकाशन भएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि)का विभिन्न विभागमा के-कस्ता अप्राज्ञिक गतिविधिले संरक्षण पाइरहेका छन् भन्ने विषयमा बहस जारी छ। त्रिवि पत्रकारिता विभागका प्रमुख प्राध्यापक चिरञ्जीवी खनालको कार्यशैली र अक्षमताले पत्रकारिता शिक्षा कस्तो अवस्थामा पुगेको रहेछ भन्ने उक्त लेखले छर्लङ्ग पारेको भन्दै दुई सयभन्दा बढी प्रतिक्रिया प्राप्त भए। यो लेख मूलतः अघिल्लो आलेखमाथि प्राध्यापक खनालको जवाफ, सरोकारवालाका प्रतिक्रिया र थप नयाँ खुलासाको सारसंक्षेप हो।

एउटा सैद्धान्तिक सन्दर्भबाट लेख सुरु गर्न चाहन्छु। जर्मनीकी एलिजाबेथ नोएल–न्युम्यानले सन् १९७४ मा मौनताको शृंखला (स्पाइरल अफ साइलेन्स) सिद्धान्त प्रतिपादन गरेकी थिइन्२, जसले कसरी मानिसहरु आफू अल्पमतमा परिने, अरुको आँखी भइने र समाजबाट बहिष्कृत भइने डरले पेचिला मुद्दामा पनि बोल्न डराउँछन् भन्ने विश्लेषण छ। उक्त सिद्धान्तअनुसार कुनै शक्तिशाली व्यक्तिले समाजलाई त्रसित बनाएर चूप लाग्न बाध्य पार्छ, अनि आफ्ना हर्कतमा समाजको पनि समर्थन छ भन्ने देखाउन खोज्छ।

प्रकाशित मिति: : 2020-01-22 00:19:08

प्रतिकृया दिनुहोस्