उपसभामुखमा कांग्रेस आश नेकपासँग, नेकपाको मन राजपामाथि !

फाइल तस्बिर

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलले सभामुखमा उम्मेदवारी नदिने निर्णय गर्‍यो । मंगलवार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले सभामुख पद तटस्थ रहनुपर्ने भन्दै कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको हो । यससँगै सभामुखमा उम्मेदवारी नदिएर कांग्रेसले उपसभामुख पाउने बाटो खोलेको हुनसक्ने राजनीतिक चर्चा चलेको छ । 

उपसभामुखका लागि कांग्रेसले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग छलफल शुरू गरिसकेको उच्च स्रोतको दाबी छ । मंगलवार बिहान कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सत्तारूढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न प्रचण्डनिवास खुमलटार पुगे । दुवैबीचको भेटले स्रोतको दाबीलाई बल पुर्‍याएको छ ।

प्रकाशित मिति: : 2020-01-22 05:46:40

प्रतिकृया दिनुहोस्