न्युजिल्याण्डविरुद्ध तीन वटा एकदिवसीय शृंखलाका लागि भारतले आफ्नाे टाेलीकाे घाेषणा गरेकाे छ। घाेषित टाेलीमा घाइते शिखर धवन टिमबाट बाहिरिएका छन्। उनकाे स्थानमा युवा प्रारम्भिक ब्याट्सम्यान पृथ्वी शाँलाई टिममा समावेश गरिएकाे छ। धवन चाेटका कारण पहिले नै टि–२० टिमबाट बाहिर भइसकेका थिए।
भारत र किवी टिमबीच पहिले ५ वटा टि–२० काे शृंखला हुनेछ। धवन बेङलुरुमा क्षेत्ररक्षण गर्ने क्रममा घाइते भएका थिए। उनकाे बायाँ काधमा चाेट लागेकाे छ। टि–२० मा धवनकाे स्थानमा सन्जु श्यामसनलाई माैका दिइएकाे छ।
पृथ्वी शाँ हाल इन्डिया ए टिमकाे प्रतिनिधित्व गर्दै न्युजिल्याण्ड भ्रमणमा छन्। उनले पछिल्लाे खेलमा शतक बनाएका थिए। यसै कारण उनलाई माैका दिइएकाे हाे। उनले भारतबाट दुई टेस्ट मात्र खेलेका छन्। भारतीय टिममा अलराउन्डरकाे रुपमा शिवम दुवेलाई पनि छनाेट गरिएकाे छ। अर्का अलराउन्डरकाे रुपमा रवीन्द्र जडेजाकाे पनि नाम छ। केदार जाधवलाई पनि टिममा समावेश गरिएकाे छ। यसअघि उनकाे नाम सायदै छनाेटमा पर्ने भनिएकाे थियाे।
भारतीय टिम
विराट काेहली (कप्तान), राेहित शर्मा (उपकप्तान), पृथ्वी शाँ, केएल राहुल, श्रेयष अय्यर, मनिष पान्डे, ऋषभ पन्त, शिवम दुवे, कुलदीप यादव, यजुवेन्द्रा चहल, रवीन्द्र जडेजा, जसप्रीत बुमराह, माे समी, नवदीप सैनी, शार्दुल ठाकुर, केदार जाधव।