विश्व कप लिग–२ का लागि ओमनको टिम घोषणा भएको छ। यही माघ अन्तिममा नेपालमा हुने ट्राई सिरिजका लागि जिशा मकसुदको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको हो।
जिसस मक्सुदको कप्तानीमा उत्र्ने ओमानको टोलीमा अकिब ईल्यास,जतिन्दर सिंह, खावर अली, सनुथ ईब्राहिम, सुरज कुमार, मुहम्मद नसिम, सन्दिप गउड, मुहम्मद नदिम, जय ओडेरा, बादल सिंह, अहेमद फयद बट, कलिमुल्लाह र बिलाल खान रहेका छन्।
माघ २२ देखि २९ गतेसम्म कीर्तिपुरमा हुने सिरिजका लागि अमेरिकाको टोली पनि घोषणा भइसकेको छ। नेपाल भने अहिले पोखरामा बन्द प्रशिक्षणमा छ । टोलीमा अहिले २४ खेलाडी छन्। त्यसैबाट अन्तिम टोली छनोट गरिनेछ।