 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                बिएल संवाददाता
 
                                प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज गठन गरेको संवैधानिक इजलासप्रति महान्यायाधिवक्ता रमेश बडालले आपत्ति जनाएका छन्।
तीन दिनअघि आफैँ इजलाश छाड्ने घोषणा गरेका न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईलाई प्रधानन्यायाधीश राणाले पुनर्गठित संवैधानिक इजलाशमा राखेपछि महान्यायाधिवक्ता बडालले प्रश्न उठाएका हुन् ।
प्रधानन्यायाधीश राणाले विपक्षी कानून व्यवसायी शम्भु थापा, बद्रीबहादुर कार्कीलगायतकाे विराेधका कारण न्यायाधीशद्वय तेजकुमार केसी र बमकुमार श्रेष्ठलाई चाहिँ संवैधानिक इजलाशबाट हटाएका छन् । अनि केसी र श्रेष्ठ इजालशमा रहेमा आफूहरू नबस्ने घोषणा गरिसकेका कार्की र भट्टराईलाई चाहिँ पुन संवैधानिक इजलाशमा निरन्तरता दिएकोप्रति महान्यायाधिवक्तासहित प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कानून व्यवसायीले आपत्ति जनाएका छन् ।
इजलासमा सुनुवाइ शुरु हुनेबित्तिकै उनले प्रश्न गरे, 'दुई जना न्यायाधीशलाई किन हटाइयो? आफैंँ छाडेका दुई जनालाई किन फेरि राखियो?'
संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका सन्दर्भमा परेका रिट निवेदनमाथिको सुनुवाइ गर्न गठित इजलासप्रति पुनः प्रश्न उठेको छ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणाका अध्यक्षतामा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराई रहेका छन्।
वरिष्ठताका आधारमा न्यायाधीश हरिकृष्ण कार्की तेस्रो स्थानमा पर्ने भए पनि अघिल्लो ओली सरकारका पालामा महान्यायाधिवक्ता भएका विषयमा प्रश्न उठेपछि उनी इजलासमा बसेका छैनन्। त्यसपछिका वरिष्ठता क्रमका आधारमा इजलास गठन गरिएको छ।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया