राष्ट्रिय आयोजना सरकारको प्राथमिकतामा : यातायातमन्त्री नेम्बाङ

'पुल निर्माण भएमा त्रिदेशीय सम्बन्ध सुमधुर हुन्छ' उनले भने।

फाइल तस्बिर

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले राष्ट्रिय आयोजना सरकारको प्राथमिकतामा रहेको बताएका छन्।

बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा गर्दै  बोल्दै उनले राष्ट्रिय आयोजनालाई प्राथमिकतामा राखेर काम भइरहेको बताएका हुन्।

  महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल समयमै सक्किने उनको भनाई छ। 'पुल निर्माण भएमा त्रिदेशीय सम्बन्ध सुमधुर हुन्छ' उनले भने।

जिल्लामा १६ तराई–मधेश पूर्वाधार सडक निर्माण भइरहेको उनले बताए। 'सबै गाउँपालिका तथा नगरपालिकालाई सडक सञ्जालसँग जोड्न सडक निर्माण भइरहेको छ', उनले भने, 'सडकको काम राम्रोसँग अगाडि बढेको छ, समयमै निर्माण सम्पन्न हुन्छ।'

यातायातलाई व्यवस्थित बनाउन पुर्वपश्चिम विद्युतीय रेल सञ्चालन गरिने उनको भनाई छ। 'पूर्वपश्चिम विद्युतीय रेल सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन निर्माण भएको छ' उनले भने, 'अगामी आर्थिक वर्षदेखि निर्माण कार्य शुरु हुन्छ।'

 

प्रकाशित मिति: : 2020-01-23 04:11:04

प्रतिकृया दिनुहोस्