कर्णाली प्रदेशमा १ सय ९५  मत खस्याे

कर्णाली प्रदेशमा १ सय ९५  मत खसेको छ। बिहिबार राष्ट्रियसभा निर्वाचनका लागि भएको मतदानमा १ सय ९८ मतदातामध्ये १ सय ९५  मत खसेको हो।

तीन जना मतदाताले राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न नआएको मुख्य निर्वाचन अधिकृत राजेन्द्रप्रसाद आचार्यले बताए। निर्वाचनमा मतदान गर्न नआउनेमा हुम्ला नाम्खा गाउँपालिका उपाध्यक्ष पेमा तामाङ,डोल्पा डोल्पोबुद्ध गाउँपालिका उपाध्यक्ष मल्लतासी गुरुङ्ग र कालिकोट तिलागुफा नगरपापलिका उपप्रमुख दन्ता नेपाली (दर्शना) रहेका छन्। 

नाम्खा पालिका उपाध्यक्ष तामाङ बिरामी भएका कारणले मतदान अनुस्थित भएकी हुन् भने  डोल्पोबुद्धका उपाध्यक्ष गुरुङ्ग मुर्ति चारेको आरोपमा जेलमा रहेकाका कारण अनुस्थित भएका हुन्। 

यता तिलागुफा नगरपापलिका उपप्रमुख दर्शना भने लामो समयदेखि अमेरिका तिर रहेकी छिन्।  उनी अमेरिका एक कार्यक्रम गएका बेला उतै लुकेर बसेकी छन्।

प्रकाशित मिति: : 2020-01-24 07:01:35

प्रतिकृया दिनुहोस्