
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
रामकुमार परियार
निर्वाचनको दिन स्वदेशमा मतदान भइरहँदा युएईको राजधानी अबुधावीमा रहेका नेपालीहरुले नाचगान गरेर खुसी मनाएका छन्।
कोभिडका कारण रोकिएको मनोरञ्जन एवम् वनभोजको श्रंखला झन्डै ३ वर्षपछि हातेमालो समूहले सुरु गरेको हो। समूहले अबुधावीको लुलु आइल्यान्डमा आयोजना गरेको नाचगान एवम् रमाइलो वनभोज कार्यक्रममा झण्डै २ सय नेपालीको सहभागीता रहेको थियो।
कार्यक्रममा हातेमालो समूह र अन्य नेपाली संघ संस्थाका प्रतिनिधिहरुको साथै नेपाली कलाकारहरुको समेत उपस्थिति रहेको थियो।
निर्वाचनमा मतदान गर्ने अवसर गुमाएका नेपालीहरुले मत खसाल्ने अवसर नपाए पनि विवेकशील नेपालीहरुले सुझ/बुझपूर्ण निर्णय लिने विश्वासका साथ खुसियाली मनाएको हातेमालो समूहका अध्यक्ष भोला ढकालले बिएल नेपाली सेवालाई बताए।
कार्यक्रममा नेपाल आइडल सिजन– ४ का सहभागी झापाका रुपेश पोखरेलले लगातार सांगीतिक प्रस्तुति दिएर सहभागीहरुलाई नचाएका थिए। यसैगरी हातेमालो समूहका महासचिव एवम् युएईका लागि नेपाली चलचित्र वितरक भोला श्रेष्ठले आगामी डिसेम्बर १ बाट युएईमा प्रदर्सन हुने नेपाली चलचित्र 'महापुरुष' हेरेर नेपाली चलचित्रको प्रवर्द्धन गर्न आग्रह गरेका थिए।
कार्यक्रममा महिला र पुरुषतर्फ दौड प्रतियोगिता समेत आयोजना गरिएको थियो। जसमा विजयी हुने महिलातर्फ सुनिमा चौधरी, प्रतीक्षा खकुरेल, कविता परियार र पशुपति केसी थापा र पुरुषतर्फ प्रविन निरौला र मिलन केसीलाई आयोजक र प्रायोजकहरु ईन्द्र बिष्ट , कृष्ण उप्रेती र पूर्ण ओलीको तर्फबाट पुरस्कार प्रदान गरिएको थियो।
लामो समयपछिको अन्तरालमा आयोजित खुला मनोरञ्जनको कार्यक्रममा सहभागी हुँदा सहभागीहरुले खुसी व्यक्त गरेका थिए। वनभोजमा सहभागी वुटवलका विकास बन्जाडेले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने बताए।
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया