प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
रामकुमार परियार
निर्वाचनको दिन स्वदेशमा मतदान भइरहँदा युएईको राजधानी अबुधावीमा रहेका नेपालीहरुले नाचगान गरेर खुसी मनाएका छन्।
कोभिडका कारण रोकिएको मनोरञ्जन एवम् वनभोजको श्रंखला झन्डै ३ वर्षपछि हातेमालो समूहले सुरु गरेको हो। समूहले अबुधावीको लुलु आइल्यान्डमा आयोजना गरेको नाचगान एवम् रमाइलो वनभोज कार्यक्रममा झण्डै २ सय नेपालीको सहभागीता रहेको थियो।
कार्यक्रममा हातेमालो समूह र अन्य नेपाली संघ संस्थाका प्रतिनिधिहरुको साथै नेपाली कलाकारहरुको समेत उपस्थिति रहेको थियो।
निर्वाचनमा मतदान गर्ने अवसर गुमाएका नेपालीहरुले मत खसाल्ने अवसर नपाए पनि विवेकशील नेपालीहरुले सुझ/बुझपूर्ण निर्णय लिने विश्वासका साथ खुसियाली मनाएको हातेमालो समूहका अध्यक्ष भोला ढकालले बिएल नेपाली सेवालाई बताए।
कार्यक्रममा नेपाल आइडल सिजन– ४ का सहभागी झापाका रुपेश पोखरेलले लगातार सांगीतिक प्रस्तुति दिएर सहभागीहरुलाई नचाएका थिए। यसैगरी हातेमालो समूहका महासचिव एवम् युएईका लागि नेपाली चलचित्र वितरक भोला श्रेष्ठले आगामी डिसेम्बर १ बाट युएईमा प्रदर्सन हुने नेपाली चलचित्र 'महापुरुष' हेरेर नेपाली चलचित्रको प्रवर्द्धन गर्न आग्रह गरेका थिए।
कार्यक्रममा महिला र पुरुषतर्फ दौड प्रतियोगिता समेत आयोजना गरिएको थियो। जसमा विजयी हुने महिलातर्फ सुनिमा चौधरी, प्रतीक्षा खकुरेल, कविता परियार र पशुपति केसी थापा र पुरुषतर्फ प्रविन निरौला र मिलन केसीलाई आयोजक र प्रायोजकहरु ईन्द्र बिष्ट , कृष्ण उप्रेती र पूर्ण ओलीको तर्फबाट पुरस्कार प्रदान गरिएको थियो।
लामो समयपछिको अन्तरालमा आयोजित खुला मनोरञ्जनको कार्यक्रममा सहभागी हुँदा सहभागीहरुले खुसी व्यक्त गरेका थिए। वनभोजमा सहभागी वुटवलका विकास बन्जाडेले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने बताए।

प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया