नेपाली भाषीले सम्झिए नेता सुवासचन्द्र बोसलाई 

भारतीय नेता सुवासचन्द्र बोसको १ सय २३ औं जन्म जयन्ती नेपाली भाषीको बाक्लो उपस्थिति रहेको दार्जीलिङको कर्साङमा धुमधामका साथ बुधबार मनाइएको छ। 

बिएल संवाददाता

कर्साङ (भारत)

भारतीय नेता सुवासचन्द्र बोसको १ सय २३ औं जन्म जयन्ती नेपाली भाषीको बाक्लो उपस्थिति रहेको दार्जीलिङको कर्साङमा धुमधामका साथ बुधबार मनाइएको छ। 

गिद्ध पहाडस्थित नेताजी म्युजियममा आयोजित कार्यक्रममा पश्चिम बंगालको सूचना तथा संस्कृतिक विभागको विशेष उपस्थिति थियो। कर्साङका आइएएस अभिषेक चौरसियाले राष्ट्रिय झण्डात्तोलन गरेका थिए। नेताजी म्युजियमका इन्चार्ज गणेश प्रधान, कर्साङ खण्ड विकास अधिकारी लक्ष्मण विश्वास, जोगेन्द्र प्रसाद, प्रकाश प्रधानलगायतको उपस्थिति थियो। 
 

प्रकाशित मिति: : 2020-01-24 07:45:41

प्रतिकृया दिनुहोस्