राष्ट्रिय सभ निर्वाचनः १८ मध्ये १६ मा नेकपा र २ सिटमा राजपा विजयी

राष्ट्रिय सभाको निर्वाचन भएका १८ सिट मध्ये १६ वटामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा विजयी भएको छ।

निर्वाचन भएका सात वटा प्रदेश मध्ये ६ वटा प्रदेशमा नेकपाले एकलौटी जित हात पारेको छ। प्रदेश–२ मा नेकपाले राजपासँगको तालमेलका कारण दुई सिट हात पार्न सफल भएको छ।

प्रदेश १ बाट तीनै जना सत्तारुढ नेकपाका उम्मेद्वार  विजयी भयो। महिला तर्फ इन्दिरा देवी गौतम, दलित तर्फ गोपी बहादुर सार्की आछामी र अन्य तर्फ देबेन्द्र दाहाल विजयी भए। 

प्रदेश २ मा महिला तर्फ तुलसा कुमारी दाहाल र दलित तर्फ राधेश्याम पासवान विजयी भएका छन्। उनीहरु नेकपाका उम्मेद्वार हुन्। अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक तर्फ शेखर कुमार सिंह र अन्य तर्फ मृगेन्द्र कुमार सिंह यादव राजपाबाट विजयी भएका छन्। 

बागमती प्रदेशबाट महिला तर्फ गंगा कुमारी वेलवासे, अन्य तर्फ बेदुराम भुसााल विजयी भएका छन्। गण्डकी प्रदेशमा नेकपाबाट महिला तर्फ भगवती न्यौपाने, अन्यतर्फ नारायण काजी श्रेष्ठ विजयी भएका छन्। 

प्रदेश ५ बाट सबै नेकपाका उम्मेद्वार विजयी भएका छन्। महिलातर्फ बिमला घिमिरे, अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक तर्फबाट जग प्रसाद शर्मा, अन्यबाट गोपाल भटृराई विजयी भएका हुन्। 

कर्णाली प्रदेशबाट पनि दुवै नेकपाका उम्मेद्वार विजयी भएका छन्। महिला तर्फ सुमित्रा वि.सी. र अन्य तर्फ माया प्रसाद शर्मा विजयी भए। 

त्यसैगरि सुदूरपश्चिम प्रदेशबाट महिला तर्फ शारदा देवी भटृ र अन्य तर्फ तारामान स्वांर विजयी भएकी छन्। 

निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभा निर्वाचनका लागि ४५ उम्मेद्वार प्रतिष्पर्धामा थिए। 
 
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभाका सांसदहरु तर्फबाट ९९. १५ र स्थानीय तहका प्रमुख र उपप्रमुखका तर्फबाट ९९.१९ प्रतिशत मतदान भएको थियो। 

राष्ट्रिय सभामा निर्वाचित भएपनि सांसदहरुको कार्यकाल फागुन २१ गतेबाट मात्र सुरु हुनेछ। फागुन २१ गते राष्ट्रिय सभाको १९ सिट रिक्त हुदैँछ। रिक्त हुने १ सिटमा भने प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछिन्। 
 

प्रकाशित मिति: : 2020-01-24 10:29:35

प्रतिकृया दिनुहोस्