मनाङेलाई पक्राउ गर्न उजुरी दिने एन्फा कास्कीका अध्यक्ष गुरुङ पक्राउ

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङ पक्राउ परेका छन्।

 गण्डकी प्रदेशसभाका सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेलाई पक्राउ गर्न उजुरी दिने मिलन बैकिङ कसुरमा शुक्रबार पक्राउ परेका हुन्।

खेलाडीहरुको खाने बस्ने व्यवस्था आफूले मात्र नभइ कमिटीले नै गर्ने विषय भएको तर सांसद मनाङेले वार्ता गर्नुको साटो खेल मैदानमा नै कुटपिट गरी अभद्र व्यवहार गरेको भन्दै बुधबार मुलुकी फैजदारी संहिता २०७४ को दफा ११८ को कसुरमा कारबाही माग गदै मिलानले जाहेरी दिएका थिए।

मिलनकै उजुरीको आधारमा मनाङे बिहीबार पोखराको लेकसाइडबाट पक्राउ परेका थिए।

प्रकाशित मिति: : 2020-01-25 03:34:52

प्रतिकृया दिनुहोस्