बिएल संवाददाता
नेपाली काँग्रेसले बिचाैलियासँग साँठगाँठ गरेर पाँच युवालाई अमेरिका पठाउन राजदूतावासमा सिफारिस गरेकाे आराेप लागेकी सभामुख इन्दिरा राना मगरकाे राजीनामा मागेकाे छ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले उपसभामुख रानाले पदीय आचरणविपरीतको कार्य गरेकाले तुरुन्तै राजीनामा दिनुपर्ने बताए।
उनले यस सम्बन्धमा राज्यव्यवस्था समितिमा उजुरीसमेत परेकाे जानकारी दिए। उजुरीबारे अध्ययन भइरहेकाे भइरहेकाे जानकारीसमेत दिए।
‘उपसभामुखजस्तो मर्यादित पदमा बसेको व्यक्तिले यस्तो कार्य गर्न सुहाउँदैन। उहाँले ६ गते प्रतिनिधिसभा बैठक बस्नुअघिनै आफ्नो पदबाट राजीनामा दिनुपर्छ। जान्नेलाई छान्ने पार्टीले उपसभामुख बनाएको व्यक्तिबाट यस्तो कार्य हुनु सोभनीय भएन्। यसबारेमा उहाँ र उहाँको दल रास्वपाले जवाफ दिनुपर्छ’, खतिवडाले रिपोर्टर्स क्लब नेपालका लागि पत्रकार कमल बुढाथोकीसँग संक्षिप्त कुराकानी गर्दै भने।
उपसभामुख रानामाथि यस्तो गम्भीर आरोप लाग्दा पनि उनी र उनको सचिवालयले कुनै पनि प्रतिक्रिया जनाएको छैन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया