गुमनाम देउडा गायक नरेन्द्रराज : दुई वटा स्टुडियो बन्द, म्युजिक भिडियो प्रदर्शनको पर्खाइमा

लखन चाैधरी

काठमाडौँ
तस्बिर : लोकान्तार

बझाङको थलारामा विसं २०४४ फागुनतिर 'चैर मुसी चैर...' देउडा लोक भाकाले एउटा घटनाको रूप लिँदै निकै भाइरल भयो । उक्त घटना थलारामा मात्रै सीमित भएन, अदालतसम्म पुग्यो । 'चैर मुसी चैर'का सर्जक बझाङबाटै लखेटिए, धनगढी हुँदै काठमाडौं हानिए । अन्ततः तत्कालीन पञ्चायती प्रशासकबाट लखेटिएका उनै सर्जकको लागि उक्त घटना सांगीतिक यात्राका लागि वरदान भयो । राष्ट्रिय देउडा गायक नरेन्द्रराज रेग्मीको रूपमा चम्किए ।

बझाङको थलारा गाउँपालिकाको अफलाबगरमा जन्मिएका रेग्मी (६०) ले विगत कोट्याउँदै थपे, ‘९ कक्षामा पढ्ने एक स्थानीय बालिकाको घरमा बझाङको तत्कालीन प्रमुख जिल्ला अधिकारीले दूध लगेका थिए । पछि दूध खाने बहानामा बालिकालाई पेट बोकाए । उनै सीडीओको कुकर्मलाई व्यंग्य गर्दै मैले चैर मुसी चैर अर्थात् मुसालाई कुतत्वको प्रतीकको रूपमा चित्रण गरी गीत लेखें ।’

प्रकाशित मिति: : 2020-01-26 01:05:30

प्रतिकृया दिनुहोस्