सरकारले प्रेसमाथि अङ्कुश लगाउने प्रयास गर्‍याे: महामन्त्री कोइराला

रासस

काठमाडाैं

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले प्रेस स्वतन्त्रताकोे रक्षाका लागि पत्रकार एकजुट हुनुपर्ने बताएका छन्। 

नेपाल प्रेस युनियन काठमाडौँ शाखाले आज आयोजना गरेको ‘वृहत् वनभोज’ कार्यक्रममा उनले सरकारले प्रेसमाथि अङ्कुश लगाउने प्रयास गरेको आरोप लगाए।
 
“आफ्नो अधिकारका लागि देशभरका पत्रकार एक हुनुहोस्,” उहाँले भन्नुभयो। नागरिक अधिकारलाई अङ्कुश लगाउने गरी सरकारले विधेयक ल्याउन खोजेको उनको भनाइ छ।

कांग्रेस नेता प्रकाशमान सिंहले सरकारले प्रजातान्त्रिक अधिकारलाई साँघुरो बनाउँदै लोकतन्त्रमाथि प्रहार गर्न खोजेको आरोप लगाए। “अभिव्यक्ति स्वतन्त्रता रक्षाका लागि पत्रकार जगत् लाग्नुपर्छ”, उनले भने।

कांग्रेस केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल, दीपक गिरी, कल्याणकुमार गुरुङ, भीष्मराज आङदेम्बेलगायतले मुलुकको लोकतन्त्र रक्षाका लागि नेपाल प्रेस युनियनले खेलेको भूमिकाको सराहना गरे।
 

प्रकाशित मिति: : 2020-01-26 10:16:23

प्रतिकृया दिनुहोस्