‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
तेजन खड्का
नेपाल प्रहरी जवान उर्मिला श्रेष्ठको मोरङमा जनताको सेवा गर्दा गर्दै ज्यान लिइयो। जनताको सेवा गर्न फिल्डमा खटिएकी उनको जनताले नै ज्यान लिए।
एक जना ६ कक्षामा पढ्ने विद्यार्थीलाई उनकै शिक्षकले यौन दुर्व्यवहार भएको घटना बाहिरिएपछि शिक्षकलाई पक्राउ गर्न पुगेकी उर्मिलालाई गाउँलेले ज्यान लिएका हुन्।
मोरङको लेटाङमा मृत्यु भएको हो। उनलाई नेपाल प्रहरीले शोक सलामी दिएर मंगलबार अन्तिम संस्कार गरिएको छ।
परिवारकी एक्ली छोरी उर्मिलाको असामयिक निधनले उनको परिवारमा बज्रपात परेको छ। विवाह गरेको एक वर्ष पनि पुरा नहुँदै श्रीमती गुमाउनुपर्दा उनको श्रीमानको आँखामा आँशु ओभाएका छैनन्। उनी विक्षिप्त बनेका छन्।
उर्मिलाको परिवारका अधिकांश सदस्य प्रहरीमै थिए। उनका एक मात्र दाई पनि प्रहरीमा जागिरे छन् भने श्रीमान पनि प्रहरी नै हुन्।
तराईमा सबैले होली मनाइरहँदा उनी भने ड्युटीमा थिइन्। चाडपर्वकै दिन उनको ज्यान गएको हो। श्रीमतीलाई अन्तिम बिदाई गर्नुपर्दा श्रीमान र बहिनीलाई सदाको लागि बिदा गर्नुपर्दा उनका दाई भाव विह्वल भए।
श्रीमानले उर्मिला सधैँ बिरामी हुने गरेको बताएका छन्। तर उर्मिलालाई राम्रो उपचार गराएर संगै बस्ने सपना सधैँको लागि उजाडियो भन्दै उनका श्रीमान नविन श्रेष्ठ भक्कानिए।
उनका दाई भुवन पनि परिवारमा भएको यो दुखद् अवस्थाको कहिल्यै भर्पाइ नहुने बताए।
‘हामीसंगै ड्युटी मिलाएर एकै ठाउँ बस्ने योजना थियो’, श्रीमान नविन भावुक हुँदै भन्छन्, ‘हामीलाई हाकिमहरुले पनि तिमीहरुको ड्युटी मिल्दैछ भन्नुभएको थियो। तर यस्तो भयो।’


‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया