छोरी नजन्माउने सहर

सांकेतिक तस्बिर

दिउँसोको ३ बज्दै गर्दा ओपीडी शाखामा बिरामीको चाप कम हुँदै थियो । स्त्री तथा प्रसूति आकस्मिक कक्षको ४ नम्बर कोठाबाहिर केही बिरामी पालो पर्खिरहेका थिए। भित्रबाट एकजना बिरामी हातमा कागज बोकेर बाहिर निस्किए। मैले यही मौका छोपेँ र ढोका ढकढक्याएँ।
‘आउनुस्,’ भित्रबाट अनुमति आयो।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुमनराज ताम्राकारको बिरामी जाँच्ने काम सकिनै लागेको रहेछ।‘अब एक-दुई जना मात्र हुनुहुन्छ । केही बेर पर्खिनुस्,’ उनले आग्रह गरे। काभ्रेस्थित धुलिखेल अस्पतालमा १३ वर्षदेखि कार्यरत डा. ताम्राकारले हजारौँ महिलालाई सुत्केरी गराएका छन्। आमा र बच्चाको स्याहारसुसार गरेका छन्।

प्रकाशित मिति: : 2020-01-27 00:44:15

प्रतिकृया दिनुहोस्