लाहुरेकी छोरीको सफलता

तस्बिर : अनलाइनखबर

 ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको सिकैचामा जन्मेकी हुमाकुमारी बोखिम फागुनमा ५० वर्ष पुग्दैछिन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा वरिष्ठ खाद्य अनुसन्धान अधिकृतका रुपमा कार्यरत उनलाई सजिलो गरी चिन्न खाद्य वैज्ञानिक भन्दा हुन्छ । घाँस दाउरा, गोठालो र भान्साको जोहोसँगै गाउँकै सरकारी स्कुलमा पढेर हुर्किएकी हुमाले बेल्जियमबाट खाद्य प्रविधि विषयमा स्नातकोत्तर र अष्ट्रेलियाबाट विद्यावारिधि गरेकी छिन् ।

यूरोप र अष्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालयमा आफू एशियन मुलकी विद्यार्थी भएकै कारण विश्वविद्यालय टपर हुनबाट गोरो छाला भएकाहरुले बञ्चित गरेको उनी सुनाउँछिन् । लिखित परीक्षामा उत्कृष्ठ नतिजासहित खुल्लातार्फ उपसचिवमा नाम निकालेर जागिर खाएकी हुमाले आफ्नो समुदायको आरक्षणको पक्षमा बोलेकै कारण अन्तर्वार्ताबाट फेल गराइएको अनुभव पनि संगालेकी छिन् ।

प्रकाशित मिति: : 2020-01-27 01:14:55

प्रतिकृया दिनुहोस्