ब्याचलर पार्टी : स्वतन्त्रताको अन्तिम रात

अनलाइनखबर

काठमाडौँ
फाइल तस्बिर

हामीकहाँ एउटा तामासिक रात मनाइन्छ, विवाहको बखत । खासगरी बेहुलाको घरमा । यो त्यस्तो उन्माद रात हो, जहाँ आइमाई/युवतीहरु मनलाग्दो गर्छन् । बोल्न मन लागेको बोल्छन्, गर्न मन लागेको गर्छन् । रतिरागात्मक गीत गाउँछन् । त्यहाँ कसैको रोकटोक चल्दैन । पुरुषका लागि प्रवेश निषेध हुन्छ । किनकी त्यो रत्यौली हो । रत्यौलीकै सालाखाला प्रारुप हो, व्याचलरेट पार्टी । यी दुईको समानता के भने, त्यहाँ उत्ताउलो गर्न मनग्ये छुट हुन्छ ।

जस्तो कि, केराको दाम्चालाई घोडा बनाइन्छ । परालको पुच्छर झुन्ड्याइन्छ । उपस्थित महिला/युवतीहरुले आफ्ना साडी माथि-माथि सारेर अनेक हर्कत गर्छन् । यो रत्यौलीको तरिका हो । व्याचलेर पार्टी जसलाई हेन नाइट पनि भनिन्छ । यो मदहोस रात युवतीहरुले आफ्ना संगीका साथ यसरी मनाउँछन्, जहाँ विवाह गर्नेवाला युवतीलाई कृतिम पुरुष यौनाङ्ग उपहार दिनेदेखि त्यस्तै आकृतिका केक काट्नेसम्म गरिन्छ । त्यसमा मदिरा र म्युजिकको साथ त छँदैछ । रत्यौली र व्याचलेर पार्टीबीच व्यापक असमानता छ । रत्यौली हाम्रो अर्थात पूर्विय प्रचलनको एउटा अंश हो । व्याचलेर पार्टी पश्चिमा संस्कृतिको निरन्तरता हो । त्यसैगरी दुलहालाई अन्माएपछि बाँकी रहेका महिला तथा युवतीहरुले रत्यौलीको जोरजाम गर्छन् । व्याचलेर पार्टी भने विवाहअघिको कुनैपनि रात मनाउने गरिन्छ । यसलाई ‘स्वतन्त्रताको अन्तिम रात’ भनिन्छ ।

प्रकाशित मिति: : 2020-01-27 06:39:00

प्रतिकृया दिनुहोस्