दक्षिण अफ्रिकाविरुद्ध इंग्ल्यान्डलाई सिरिज

इंग्ल्यान्डले घरेलु टोली दक्षिण अफ्रिकाविरुद्धको चार खेलको टेष्ट सिरिज जितेको छ। चौथो टेष्टमा सोमबार दक्षिण अफ्रिकालाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै इंग्ल्यान्डले सिरिज जितेको हो।

 इंग्ल्यान्डले दिएको ४ सय ६६ रनको लक्ष्यसहित दोस्रो इनिङ्स थालेको अफ्रिका २ सय ७४ रन जोड्दा अलआउट भयो।

दक्षिण अफ्रिकाका लागि भान डेर डुसेनले सर्वाधिक ९८ रनको इनिङ्स खेले। दुसेन १ सय ३८ बलमा १५ चौका र २ छक्का सहित ९८ रनमा क्याच हुँदै शतकबाट चुके। डी ककले ३९ र कप्तान फाफ डु प्लेसिसले ३५ रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन्।

इंग्ल्यान्डका बेन स्टोक्सले ४ विकेट लिए। यस्तै मार्क वुड र क्रिस वोक्सले ३-३ विकेट लिए।

यस अघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो इनिङ्समा ४ सय रन जोड्दा अलआउट भएको थियो। तर, दक्षिण अफ्रिका पहिलो इनिङ्समा १ सय ८३ रन जोड्दा अलआउट भएको थियो।

इंग्ल्यान्डका मार्क वुडले ४, बेन स्टोक्स र स्टुअर्ट ब्रोडले २-२ विकेट लिए। 

पहिलो खेलमा दक्षिण अफ्रिका १ सय ७ रनले विजयी भएको थियो। दोस्रो खेलमा १ सय ८९ र तेस्रो खेलमा इंग्ल्यान्ड ५३ रनले इनिङ अन्तरले विजयी भएको थियो। बेन स्टोक्स म्यान अफ द सिरिज चुनिए।

प्रकाशित मिति: : 2020-01-28 19:38:32

प्रतिकृया दिनुहोस्