सभामुख तटस्थ पद भएकाले कांग्रेसले उम्मेदवारी नदिएको हो: देउवा

बिएल संवाददाता

काठमाडाै‌ं

विपक्षी दलका नेता शेरबहादुर देउवाले सभामुख तटस्थ पद भएकाले कांग्रेसले उम्मेदवारी नदिएको बताएका छन्। 

अग्निप्रसाद सापकोटा सभामुख भएपछि मंगलबार बसेको पहिलो बैठकमा उनले उक्त कुरा बताएका हुन्। 

‘सभामुख कुनै पार्टीको नभई सम्पूर्ण सदन हो।’ उनले भने ‘सभामुख तटस्थ पद भएकाले कांग्रेसले उम्मेदवारी नदिएको हो।’ 

उनले सदन सञ्चालनमा कांग्रेशले सहयोग गर्ने बचन पनि  दिए।
 

प्रकाशित मिति: : 2020-01-29 03:18:57

प्रतिकृया दिनुहोस्