गाउँगाउँमा अख्तियार टोली : घुस खाने जनप्रतिनिधि धमाधम फन्दामा

फाइल तस्बिर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय स्थानीय तहमा हुने भ्र्रष्टाचारविरुद्धको निगरानीलाई तीव्रता दिन थालेको छ । स्थानीय तहमा भ्रष्टाचार बढेको भन्दै सेवाग्राहीबाट गुनासो आउने क्रम बढेपछि अख्तियारले स्थानीय तहसम्मै पुगेर सक्रियता बढाउन थालेका हो । अख्तियार गाउँगाउँमा पुगेसँगै घुस खाने र भ्रष्टाचार गर्ने जनप्रतिनिधि धमाधम समातिन थालेका छन् ।

सोही क्रममा ११ माघमा जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीसहित दुई जनालाई ८ लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियारले नियन्त्रणमा लिएको थियो । उनीहरूविरुद्ध अख्तियारले अनुसन्धान गरिरहेको छ । उपभोक्ता समितिमार्फत भएको सडक निर्माणको काममा सहजीकरण गर्ने भन्दै ८ लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियारले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: : 2020-01-30 00:22:35

प्रतिकृया दिनुहोस्