गेलले भने– आई विल बि भिजिटिङ नेपाल फर द बिगेस्ट स्पोर्टिङ ईपीएल

बिएल संवाददाता

काठमाडाै‌ं

वेस्ट इन्डिजका चर्चित ब्याट्सम्यान क्रिस गेलले पोखरा राइनोजबाट एभरेस्ट प्रिमियर लिग खेल्ने भएका छन्। पोखरा राइनोजले काठमाडौंको सोल्टी होटलमा पत्रकार सम्मेलन गरी यसको घोषणा गरेको हो। 

गेल ईपीएलका लागि नेपाल आउने पक्का भएपछि भिडियोमार्फत आफ्नो टिमलाई समर्थन गर्न आह्वान गरेका छन्।

एभरेष्ट प्रिमियर लिगको आधिकारिक ट्विटर ह्याण्डलमा राखिएको भिडियोमा उनले नेपालको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता ईपीएलका लागि आफू नेपाल आउन लागेको बताए।

उनले भनेका छन्, ‘ह्वाट्सअप नेपाल ! यस इट्स क्रिस गेल, द युनिभर्स बोस । किङ अफ टि–२०। आई विल बि भिजिटिङ नेपाल फर द बिगेस्ट स्पोर्टिङ इभेन्ट एभरेष्ट प्रिमियर लिग। कम एण्ड सपोर्ट माइ टिम पोखरा राइनोज एण्ड बि अ पार्ट अफ अ म्याग्निफिसेन्ट क्रिकेट फिएस्टा। नेपाल, गेट रेडी फर द गेलस्टोर्म । इट्स गना बि ड्याशिङ। सी यु सून नेपाल ! लभ एण्ड रेस्पेक्ट !’

वेस्ट इन्डिजको टिममात्रै नभइ इन्डियन प्रिमियर लिग (आइपिएल) मा आफ्नो बिस्फोटक ब्याटिङबाट गेल निकै चर्चित बनेका थिए। गेलको नाममा सबभन्दा छिटो शतकको कीर्तिमान छ। टि–२० मा सबभन्दा धेरै रन बनाउने खेलाडी र आइपिएलमा एकै इनिङमा धेरै छक्काको कीर्तिमान पनि उनकै नाममा छ।

पोखरा राइनोजले गत वर्ष दक्षिण अफ्रिकाका रिचर्ड लेभीलाई खेलाएको थियो। गेल इपिएलमा खेल्ने चर्चा गत वर्ष पनि चलेको थियो। इपिएलको तेस्रो सिजन चैतबाट सुरु हुँदैछ। गत सिजन पोखरा राइनोज लिगको पुछारमा रहेको थियो।

प्रकाशित मिति: : 2020-02-01 00:56:28

प्रतिकृया दिनुहोस्