आईसीसीले गर्‍यो भारतीय क्रिकेट टाेलीलाई कारबाही, म्याच फी कटाैती हुने

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले भारतीय क्रिकेट टोलीका खेलाडीहरुले पाउने पारिश्रमिकमा कटौती गर्ने भएको छ। स्लो ओभर रेटका कारण आईसीसीले खेलाडीहरुको ४० प्रतिशत कटौती गर्ने निर्णय गरेको हो। 

वेलिङ्टनमा भएको न्युजिल्यण्डविरुद्धको चौथो टी–२० खेलमा स्लो ओभर रेटमा बलिङ गरेका कारण यो कारबाही गरिएको आईसीसीले जनाएको छ।

आईसीसीको आचार संहिताको दफा २.२२ अनुसार प्रत्येक टोलीले तोकिएअनुसारको समयमा बलिङ नगरे २० प्रतिशत म्याच फी कटौती गरिन्छ। न्युजिल्यण्डविरुद्धको चौथो टी–२० मा भारतले दुई ओभर यो आचार संहिता उल्लंघन गरेको पाइएका आईसीसीले जनाएको छ।

खेलाडी तथा खेलाडीका लागि सहयोयगी अधिकारीहरुका लागि निर्मित आचार संहिता अनुसार नै ४० प्रतिशत म्याच फी कटौती गरिएको हो।

विराट कोहलीको कप्तानीमा भएको यो पहिलो र सबैभन्दा ठूलो कारबाही भएको आईसीसीले बताएको छ।

प्रकाशित मिति: : 2020-02-02 09:22:17

प्रतिकृया दिनुहोस्