हिउँ प-यो, दाउरा छैन, खच्चडले बोकेको ग्यासको मूल्य पाँच गुना

 सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लामा ग्याँसको बिक्री बढेको छ । लामो समयसम्म हिमपात भएको कारण दाउराको समस्या हुँदा महंगो ढुवानी भएर आएको ग्याँसको बिक्री बढेको हो ।

यसअघि आबश्यक परेको बेला मात्र ग्याँस चुल्हो प्रयोग गर्दै आउनु भएकी सिमकोट बजारकी मधु बस्नेतले हिमपातपछि दाउराको समस्या हुँदा ग्याँसको प्रयोग बढी गर्न थालेको बताउनुभयो । अब अरु बिकल्प नभएपछि महंगो भए पनि ग्याँसको प्रयोग गरिएको जनाउनुभयो । मुगुको गमगडीबाट सिमकोटसम्म खच्चडमा ढुवानी भएर आउने ग्याँसको सिलिण्डर सहित साढे १२ हजार मूल्य पर्ने गरेको छ । जब कि यातायात पुगेको स्थानमा प्रति सिलिण्डर ग्याँसको एक हजार ३५० रुपियाँ छ । 

प्रकाशित मिति: : 2020-02-04 04:25:55

प्रतिकृया दिनुहोस्