रोहितले न्युजिल्याण्डविरुद्धको एकदिवसीय र टेष्ट सिरिज गुमाउने

भारतीय क्रिकेट टिमका उपकप्तान रोहित शर्माले न्युजिल्याण्डविरुद्धको एकदिवसीय र टेष्ट सिरिज गुमाउने भएका छन्।

टी-ट्वान्टी सिरिज अन्तर्गत पाँचौं तथा अन्तिम खेलमा पिडुलाको चोट बोकेका रोहितले एकदिवसीय र टेष्ट सिरिज गुमाउने भएका हुन्। 

अन्तिम टी-ट्वान्टीमा ४१ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका रोहित रिटायर्ड हर्ट भए। उनी ६० रनको अर्धशतकीय इनिङ खेलेका थिए। 

पाँच खेलको सिरिज भारतले ५-० ले क्लिन स्विप गरेको थियो।

अब भारतले न्युजिल्याण्डसँग ३ खेलको एकदिवसीय सिरिज र २ खेलको टेष्ट सिरिज खेल्ने छ।
 

प्रकाशित मिति: : 2020-02-04 10:18:05

प्रतिकृया दिनुहोस्