आइसीसी विश्वकप लिग-२ :

नेपालले टस जित्याे, पहिले ब्याटिङ गर्ने

आइसीसी विश्वकप लिग- २ अन्तर्गतको त्रिकोणात्मक सिरिजअन्तर्गत युएईसँग प्रतिस्पर्धमा नेपालले पहिले ब्याटिङ गर्ने भएकाे छ। साेमबार दुबई इन्टरनेशनल स्टेडियममा नेपालले टस जितेर पहिले ब्याटिङ राेजेकाे हाे।

जारी सिरिजमा याे नेपालकाे अन्तिम खेल हाे। भने, यी दुबै टाेली दाेस्राे पटक आमनेसामने हुँदैछन्। पहिलाे खेलमा नेपाल पराजित भएकाे थियाे।

नेपालकाे ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकमा रहेको छ। नेपाल अंक तालिकाको छैटौं स्थानमा छ।

युएई ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ। आजकाे खेलमा जित हासिल गरे नेपाल पाँचाैँ स्थानमा उक्लिने छ।  

प्रकाशित मिति: : 2023-03-06 11:26:00

प्रतिकृया दिनुहोस्