भारतीय बाँदरको आतङ्क नेपाली बस्तीमा ! बाँदरले सताएपछि कृषक हैरान

भारतबाट पुल तरेर आएका बाँदरले आतङ्क मच्चाउन थालेका छन् । पुल तरेर आएका बाँदरका कारण बैतडीको दशरथ चन्द नगरपालिका– ५, ६, ८ र १० नम्बर वडाका पाँच गाउँका सयौं परिवार विस्थापित भएका छन् ।

भारत पारीबाट झुलाघाट पुल तरेर बैतडी आउने बाँदर राति झुलाघाट बसपार्कमा बस्छन् । बिहानीपख बैतडीको दशरथ चन्द नगरपालिका ५, ६, ८ र १० नम्वर वडाका धौल्याली, साङडी, पुजरगाउँ, त्रिपुरा, पल्लाचौडाली, आईत, भटाला, झाका, बुड्डा, खडेनीलगायत गाउँमा पुगेर खेतीपाती मात्र होईन, भान्सा कोठामा पकाएको खाना समेत खान थालेका छन् ।

प्रकाशित मिति: : 2020-02-05 02:40:27

प्रतिकृया दिनुहोस्