चौथो संकरणको डीपीएलको मिति ८ महिनापछि सर्‍याे

बिएल संवाददाता

काठमाडाै‌ं

चौथो संकरणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको मिति पछि सरेको छ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिताको मिति ८ महिनापछि सरेको जानकारी गराएको हो। फागुन ३ गतेबाट प्रतियोगिता गर्ने तयारीमा रहेको एकेडेमीले नेपाली राष्ट्रिय क्रिकेट टिम व्यस्त रहने हुँदा प्रतियोगिताको मिति सारिएको जनाएको हो। 

अब चौथो संस्करणको प्रतियोगिता कात्तिक ८ देखि २२ गतेसम्म हुनेछ।

प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन्। सहभागी टिममा चौराहा धनगढी, सीवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौँ गोल्डेन र विराटनगर किंग्स रहेका छन्।

गत संस्करणको उपाधि अत्तरियाले जितेको थियो।

प्रकाशित मिति: : 2020-02-05 04:09:16

प्रतिकृया दिनुहोस्