एमसीसी र नेकपा

 विनोद नेपाल

काठमाडौं

माघ १५ गतेदेखि काठमाडौंमा प्रारम्भ भएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक ११ वटा प्रस्ताव पारित गर्दै माघ १९ गते सम्पन्न भयो । पारित प्रस्तावमा सभामुख पदमा निर्वाचित अग्नि सापकोटालाई बधाईदेखि दक्षिण एसियाली खेलकुदका पदक विजेता खेलाडीलाई बधाईसम्म समेटिएका छन् । केन्द्रीय समिति बैठकले अध्यक्षद्वयको तर्फबाट ‘कार्यकारी अध्यक्ष’ पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ भने महासचिव विष्णुप्रसाद पौडेलको सांगठनिक प्रतिवेदन पनि पारित गरेको छ । विधान संशोधन पारित भएसँगै वामदेव गौतम पार्टीका उपाध्यक्ष भएका छन् ।

प्रकाशित मिति: : 2020-02-05 05:38:50

प्रतिकृया दिनुहोस्