दिल्लीमा दाहालको बास होटल मौर्यमा

प्रचण्डकाे बास ‘होटल आइटीसी मौर्य’मा, यस्तो छ भ्रमण तालिका

होटल आइटीसी मौर्य

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाँदैछन्।

सरकारको नेतृत्वमा फर्किएको पाँच महिनापछि उनी चारदिने भारत भ्रमणमा निस्कँदै छन्। 

गत पुस १० गते तेस्रोपल्ट ‘सिंहदरबारको बागडोर’ सम्हालेपछि बुधबार पहिलोचोटी विदेश यात्रा गर्दैछन्।

परराष्ट्र मन्त्रालय स्रोतकाअनुसार प्रधानमन्त्री प्रचण्ड जम्बो टोली बोकेर भारत उड्दै छन्।

उनी दिउँसो तीन बजे नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्र्तराष्ट्रिय विमानस्थलमा ओर्लिने छन्। विमानस्थमा प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेश राज्यमन्त्रीले स्वागत गर्नेछन्।

दलबलसहित नयाँ दिल्ली ओर्लिनासाथ प्रधानमन्त्रीको टोलीलाई भारतीय अधिकारीहरूले सरदार पटेल मार्गमा रहेको ‘होटल आइटीसी मौर्य’ लैजाने छ। स्रोतकाअनुसार उनी चारदिने भारत भ्रमणका क्रममा होटल आइटीसी मौर्यमै बस्नेछन्।

‘होटल आइटीसी मौर्य’ विदेशी पाहुनाहरू बास बस्ने ‘पाहुनाकेन्द्र’ मानिन्छ। होटल सुविधासम्पन्न र महंगो हो। जहाँ, पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, बाराक ओबामा र जर्ज बुस बास बसेका थिए।

प्रचण्डकाे भ्रमण तालिका—

बुधबार दिउँसाे तीन बजे दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
सरदार पटेल मार्गमा रहेको होटल आईटीसी मौर्यमा

विदेश सचिव विनयमोहन क्वात्राले होटलमा भेट
साँझ ६ बजे होटलमै भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट

प्रधानमन्त्रीको सम्मानमा दिल्लीस्थित नेपाली दूतावासमा रात्रिभोज

बिहीबार बिहान साढे १० बजे महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण
दिउँसाे ११ बजे भारतीय प्रधानमन्त्री मोदीलाई भेट्न हैदराबाद हाउस पुग्ने

हैदराबाद हाउसको नीलगिरि कक्षमा मोदी–प्रचण्ड भेटवार्ता
११ बजेर १०  मिनेटदेखि ११ बजेर ३५ मिनेटको समय

प्रतिनिधिमण्डलस्तरको बैठकमा दुवै प्रधानमन्त्री
१२ बजे ‘एक्सचेन्ज अफ एग्रिमेन्ट’ को कार्यक्रम

१२ बजेर २५ मिनेटमा नेपाल–भारत परियोजनाको उद्घाटन
लगत्तै, माेदी–प्रचण्डकाे पत्रकार सम्मेलन 

हैदराबाद हाउसमा नेपाली डेलिगेसनको सहभागितामा दिवाभोज
२ बजे हैदराबादबाट होटल आईटीसी मौर्य प्रस्थान

४ बजे उपराष्ट्रपति जगदीप धनखड भेटवार्ता
साढे ४ बजे राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट

शुक्रबार प्रचण्ड मध्यप्रदेशको उज्जैन र इन्दोर जाने
दिउँसाे १ बजे प्रचण्डको टोली इन्दोरस्थित होटल मेरियट जाने

दिउँसाे ४ बजे मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलसँग भेट
मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले दिएको रात्रिभोजमा सरिक

शनिबार दिउँसाे ४ बजेर २० मिनेटमा नेपाल एयरलाइन्सको विमानबाट काठमाडौं प्रस्थान

प्रकाशित मिति: : 2023-05-31 08:29:00

प्रतिकृया दिनुहोस्