अमेरिकामा स्टेट अफ युनियन : ट्रम्पले हात मिलाएनन्, पेलोसीले भाषण नै च्यातिदिइन्

अमेरिकी राष्ट्रपति ट्रम्पको स्टेट अफ द युनियनले अमेरिकालाई जोड्नेभन्दा विभाजन गर्ने दिशामा अगाडि बढाउने संकेत गरेको छ। त्यसको सुरूवात सम्बोधनस्थल क्यापिटल हलबाटै सुरू भएको छ।

राष्ट्रपति ट्रम्पसँग हात मिलाउन सभामुख न्यान्सी पोलिसीले हात बढाए पनि राष्ट्रपति ट्रम्पले त्यसलाई अस्वीकार गरे । बदलामा सम्बोधनको सुरूमै सभामुख पेलोसीले राष्ट्रपति ट्रम्पको परम्परागत परिचय गराइनन् भने अन्तमा उनको सम्बोधनको कपी नै च्यातेर फालिदिइन्।

अमेरिकी टेलिभिजनका काँचका पर्दामा प्रष्टसँग देखिएको यो दृश्यले धेरै अमेरिकीको मनमा अमिलो पस्यो। उनीहरूलाई लाग्यो, यो शुभ संकेत हैन।

चुनावी वर्षमा गरिएको यो स्टेट अफ द युनियनलाई सामान्य भन्न सकिन्न, यो असामान्य हो। यसलाई स्टेट अफ द युनियन हैन, स्टेट अफ द डिभिजन भन्नुपर्छ। 

राष्ट्रपति ट्रम्पले गरेको भाषणमा पनि उनले विवादित विषयहरू उठाए। राजनीतिक पण्डितहरूले भने, उनले चुनाव जित्नका लागि 'विभाजन र खेल' को रणनीति अपनाए। उनीहरूमध्ये एक राजनीतिशास्त्री जन हिलले भने, चुनावी वर्षमा गरिएको यो स्टेट अफ द युनियनलाई सामान्य भन्न सकिन्न, यो असामान्य हो। यसलाई स्टेट अफ द युनियन हैन, स्टेट अफ द डिभिजन भन्नुपर्छ। 

राष्ट्रपति ट्रम्पका पक्षधरले भने यसलाई अहिलेसम्मकै उत्कृष्ट स्टेट अफ द युनियन भनेका छन्। उनीहरूको तर्क छ, राष्ट्रपतिले चाहेअनुसार नै आफ्नो कुरा अमेरिकी जनतालाई सम्झाउन सके। उनी आफ्नो कुरामा दृढ छन्। '

राष्ट्रपति ट्रम्पको पहिलो कार्यकालको यो तेस्रो स्टेट अफ द युनियन थियो। अमेरिकी कंग्रेसको संयुक्त सदनमार्फत् उनले अमेरिकी जनतालाई एक घण्टा १८ मिनेट सम्बोधन गरेर आफ्ना उपलव्धि र मार्गचित्र राखेका थिए। 

राष्ट्रपति ट्रम्पसँग हात मिलाउन सभामुख न्यान्सी पोलिसीले हात बढाए पनि राष्ट्रपति ट्रम्पले त्यसलाई अस्वीकार गरे । बदलामा सम्बोधनको सुरूमै सभामुख पेलोसीले राष्ट्रपति ट्रम्पको परम्परागत परिचय गराइनन् भने अन्तमा उनको सम्बोधनको कपी नै च्यातेर फालिदिइन्।

राष्ट्रपति ट्रम्प अमेरिकी कंग्रेसको तल्लो सदनबाट महाअभियोग लगाइएको अवस्थामा आफ्नो तेस्रो स्टेट अफ द युनियन सम्बोधन गरिरहेका थिए।

उनको यसपटकको स्टेट अफ द युनियनमा धेरै डेमोक्रेट सांसद र सिनेटरले मौन वहिस्कार गरेका थिए। जब उनले विभाजित हुने खालका भनाइ राख्न थाले, सहभागी भएका थुप्रै डेमोकेट सांसद र सिनेटर पनि बाहिरिदै गरेका दृश्यहरू देखिएका थिए।

अमेरिका यतिबेला ठाडो चिरामा ध्रुवीकृत भएको अवस्थामा छ। यसका लागि धेरै अमेरिकी राष्ट्रपति ट्रम्पको विभाजनकारी नीति जिम्मेवार रहेको बताउँछन्। तर, राष्ट्रपति ट्रम्पका समर्थकहरू भने राष्ट्रपति ट्रम्पको नीतिले फेरि एकपटक अमेरिकी स्वाभिमान बढेको बताउँछन्। 

 

 

प्रकाशित मिति: : 2020-02-05 22:52:33

प्रतिकृया दिनुहोस्