नेपाललाई दोस्रो सफलता, करनले लिए दुबै विकेट

काठमाडौंमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत पहिलो खेलको रूपमा नेपालले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरिरहेको नेपालले दोस्रो सफलता हात पारिसकेको छ।

दुबै विकेट करण केसीले लिएका हुन्।

उनले आफ्नो पहिलो ओभरको अन्तिम बलमा ओमानका जितेन्दर सिंहलाई बोल्ड आउट  गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए।

यस्तै सातौ ओभरको चौथो बलमा खावार अलिलाई विकेट किपर बिनोद भण्डारीको हातबाट क्याच गराउँदै दोस्रो सफलता दिलाए।

अलिले १५ बल खेलेर १ चौकासहित ५ रन बनाएका थिए।

कसिलो बलिङ गरिरहेको नेपाली बलरसामू ओमानले खुलेर खेल्न सकिरहेको छैन।

ओमानविरुद्ध नेपालका दुई खेलाडीले डेब्यु गरेका छन्  । सुशन भारी र अविनाश बोहराले डेब्यु गरेका छन् ।

यही माघ २९ गतेसम्म चल्ने खेलमा नेपाल, ओमान र अमेरिकाले त्रिकोणात्मक सिरिज खेल्दैछन् जसमा कूल ६ खेल हुनेछन् । हरेक टोलीले समान दुई–दुई खेल खेल्नेछन् । नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग माघ २५ गते खेल्नेछ भने तेस्रो खेलमा नेपालले ओमानसँग माघ २६ खेल्नेछ । त्यसैगरी नेपाले आफ्नो अन्तिम खेल अमेरिकासँग माघ २९ खेल्नेछ ।

त्यस्तै लिग दुईमा नेपालसहित स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (युएई), नामिबिया, ओमान, पपुवा न्युगिनी र अमेरिका छन् । नेपालबाहेक अन्य राष्ट्रहरुले आफ्नो पहिलो खेल खेलिसकेका छन् । अहिलेसम्म अङ्क तालिकामा अमेरिका शीर्ष स्थानमा छ । आठ खेल खेलेको अमेरिकाले ६ खेलमा जीत निकाल्दै १२ अङ्क हात पारेको छ । त्यस्तै स्कटल्यान्डले नौ अङ्क जोड्दै दोस्रो स्थानमा छ भने आठ अंक जोडेको नामिबिया तेस्रो स्थानमा छ ।

समान आठ अङ्क नै जोडेको ओमन अङ्क तालिकाको चौथो स्थानमा छ भने सात अङ्क रहेको युएई पाँचाँै र अङ्कविहीन रहेको पपुवा न्युगिनी छैठौं स्थानमा छ । नेपालले भने पहिलो खेल खेल्न लागेको हो ।

प्रकाशित मिति: : 2020-02-05 22:57:38

प्रतिकृया दिनुहोस्