छाउमा घर बस्न पाएपछि महिला खुसी

निसास्सिने, अँध्यारो र खुट्टासमेत पसार्न नमिल्ने सानो छाउगोठमा बस्दै आएका महिला अब महिनावारीका बेला पनि आफ्नै घरमा आरामसाथ बस्न थालेका छन् । सरकारले असुरक्षित छाउगोठ भत्काएपछि महिला महिनावारीका बेला बस्न घरमै ठाउँ तयार पार्न थालेका हुन् । घरमै बस्न पाउने भएपछि महिलामा खुसी छाएको छ ।
एक महिना अघिसम्म बूढीगङ्गा नगरपालिका–८, रिठाबजारकी पवित्रा कुँवर महिनावारीका बेला घरमा बस्न पाउनु हुन्थेन ।

प्रकाशित मिति: : 2020-02-07 00:33:00

प्रतिकृया दिनुहोस्