नेवि संघमा वरियता विवाद, औपचारिक बैठक बस्‍नै सकेन

२०७५ साल फागुन २८ गते टेन्डरमार्फत् लुम्बिनी प्रादेशिक अस्पतालले परिसरका ७३ वटा सटर भाडामा लगाउने सूचना निकाल्यो। यहाँका प्रतिष्ठित व्यवसायीहरुले निकै महँगो मासिक भाडा तिर्नेगरी टेन्डर पारेँ। प्रदेश न. ५ कै ठूलो अस्पतालको बाहिरपट्टि सरकारी चिकित्सकमार्फत् चेकजाँच गराउन पाउने भएपछि साढे ५ लाख मासिक भाडा तिर्नसमेत व्यवसायी पछि हटेनन्।

सोहीअनुसार अस्पतालले २०७६ जेठ २९ गतेदेखि सम्झौता लागू हुनेगरी ५ वर्षका लागि व्यवसायहरुलाई सटर भाडामा लगायो। सटर भाडाबापत अस्पतालले वार्षिक ९ करोड आम्दानी गर्दै आएको थियो। तर प्रदेश न. ५ सरकारले लुम्बिनी प्रादेशिक अस्पताल आफू मातहत आएलगत्तै अस्पताल परिसरका ७३ वटा सटर हटाउने निर्णय गरेपछि खैलाबैला मच्चिएको हो।

प्रकाशित मिति: : 2020-02-07 02:19:20

प्रतिकृया दिनुहोस्