वुहानमा रहेका नेपालीहरु फिर्ता गर्न सरकार गम्भिर छ: परराष्ट्रमन्त्री ज्ञवाली

बिएल संवाददाता

काठमाडाै‌ं

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वुहानमा रहेका नेपालीहरुको दुःखबारे सरकार गम्भीर रहेको बताएका छन्। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्ड पूरा नभएका कारण नेपालीहरुको उद्धारमा ढिलाइ भइरहेपनि यो विषयमा सरकार गम्भिर रहेको उनले बताएका हुन्। 

वुहानमा रहेका विद्यार्थीलाई उद्दार गर्न दबाव दिन स्वास्थ्य मन्त्रालयमा धर्ना दिइरहेका अभिभावकहरुलाई शुक्रबार स्वास्थ्य मन्त्रालयमा भेट्दै परराष्ट्रमन्त्री ज्ञवालीले उक्त कुराको जानकारी दिएका हुन्।

‘वुहानमा रहेका नेपालीहरुको दुःखबारे सरकार गम्भीर छ। प्रधानमन्त्रीज्यू (केपी शर्मा ओली)ले समेत चार पटक बैठक राखिसक्नु भएकाे छ। केही  दिन परखनुस् हामी डब्लूएचओको मापदण्ड पुरा गरेर तपाईका बच्चाहरुलाई स्वदेश फिर्ता गर्छैं।’ उनले भने।

उनले वुहानबाट नेपाल ल्याइने विद्यार्थीलाई  क्वारेन्टाइन मात्र भएर नहुने जानकारी गराए। ‘आइसोलेसन वार्ड, उपचार गर्ने स्वास्थ्यकर्मी सबै तयार हुनुपर्ने रहेछ।’ उनले भने, ‘डब्लूएचओको मापदण्ड पूरा गर्न हामी काम गरिरहेको छौं।’

वुहानमा रहेका १८० जनाले उद्दार गरिदिन वेइजिङस्थित नेपाली दूतावासमा आग्रह गरेका छन्। उनीहरुलाई अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन।

प्रकाशित मिति: : 2020-02-08 04:20:43

प्रतिकृया दिनुहोस्