सञ्चारमन्त्रीलाई लाइसेन्स नवीकरण शुल्क २० अर्ब हो भन्ने ज्ञान नहुनु दुखद् : चौधरी

बिएल संवाददाता

काठमाडाै‌ं

सांसद तथा उद्योगपति विनोद चौधरीले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई टेलिकम कम्पनीको लाइसेन्स नवीकरण शुल्कबारे ज्ञान नभएको आरोप लगाएका छन्।

टेलिकम कम्पनजीले तिर्ने किस्ता चुक्ता गर्न राज्यले निर्धारण गरेको नवीकरण शुल्कबारे सञ्चारमन्त्रीलाई जानकारी नहुनु दुःखद् भएको चौधरीले आरोप लगाएका हुन्।

 

माननीय सञ्चारमन्त्री @GokulPBaskota ज्यूको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ। २० अर्ब रकम १० वर्षमा फरक किस्तामा चुक्ता गर्न राज्यले निर्धारण गरेको नवीकरण शुल्क हो भन्ने ज्ञान उहाँलाई नहुनु दु:खद छ।

सबै भ्रमउपर सार्वजनिक छलफल गर्न सीजी कम्युनिकेसनका तर्फबाट म उत्सुक छु।

— Binod Chaudhary (@BinodKChaudhary) February 7, 2020

मन्त्रीबास्कोटाले बिहीबार सिजी टेलिकमले २० अर्ब रुपैयाँ तिरे मात्रै आधारभूत टेलिफोन सेवाको लाइसेन्स दिने बताएका थिए।

‘२० अर्व रकम १० वर्षमा फरक किस्तामा चुक्ता गर्न राज्यले निर्धारण गरेको नवीकरण शुल्क हो भन्ने ज्ञान उहाँलाई नहुनु दुःखद् छ।’सांसद चौधरीलेले लेखेका छन्।  

प्रकाशित मिति: : 2020-02-08 05:23:43

प्रतिकृया दिनुहोस्