गच्छदार भन्छन्– ९ करोड बिगो तिर्ने पैसा छैन

ललितानिवास प्रकरणमा मुछिएका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रस उपसभापति विजयकुमार गच्छदारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माग गरेको बिगो तिर्ने रकम आफूसँग नभएको बताएका छन्।

संसदीय दलको शुक्रबार बसेको बैठकमा बोल्दै दलकाे उपनेतासमेत रहेका उपसभापति गच्छदारले उक्त कुरा बताएका हुन्।  

‘म निर्दोष छु। ३० वर्ष सांसद बनें। कुनै दोष लागेन। अहिले मेरो राजनीति सिध्याउन सुनियोजित रूपमा मुद्दा दायर भयो। ,’ उनले भने, ‘९ करोड रुपैयाँ कहाँबाट ल्याउने? मसँग अख्तियारले माग गरेको बिगो तिर्ने पैसा छैन।’

गच्छदारले राजनीतिक पूर्वाग्रहबाट आफूविरुद्धको मुद्दा दर्ता गरिएको आरोप लगाए।। ‘यो पार्टीमाथिको आक्रमण हो।’, उनले भने, ‘मैले भ्रष्टाचार गरेको छैन। यो राजनीतिक पूर्वाग्रहबाट भएको निर्णय हो।’

ललिता निवासबाट कुनै लाभ लिएको भए आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको उनले बताए। ‘मैले कुनै लाभ लिएको भए म सजायको भागिदार हुन तयार छु। ललिता निवास प्रकरणलाई मैले नै चर्को रूपमा उठाएपछि सरकारले प्रतिशोध साँध्न अख्तियारलाई प्रभावित पारेर ममाथि मुद्दा दर्ता गरिएको हो। यो ममाथिको प्रहार हो,’ गच्छदारले भने। 
 

प्रकाशित मिति: : 2020-02-08 10:26:40

प्रतिकृया दिनुहोस्