पहिलाे इनिङमा पाकिस्तानले २ सय ३३ रनमा बंगलादेशलाई अलआउट बनायाे

पाकिस्तान र बंगलादेशबीचको टेस्टको पहिलो दिन समाप्त भएको छ।

पाकिस्तानको रावलपिण्डीमा जारी टेस्टको पहिलो दिन सकिँदासम्म बंगलादेशले ८२.५ ओभरमा सबै विकेट गुमाउँदै २३३ रनमा अलआउट भएको छ।

बंगलादेशका लागि मोहम्मद मिथुनले सर्वाधिक ६३ रन बनाए। उनले  १४० बलमा ७ चौका र १ छक्का प्रहार गरेका थिए। यस्तै १ सय १० बलमा ६ चौका प्राहार गरेका नाजमुल होसेनले ४४ रनको योदान दिए। 

यता लिटन दास ३३, कप्तान मोमिनुल हकले ३०, मोहमुद दुल्लाह २५ र ताइजुल स्लाम २४ रनमा आउट हुँदा अन्यले भने दोहोरो अंक जोड्न सकेनन्। 

बलिङतर्फ पाकिस्तानका शाहीन शाह अफ्रिदीले चार तथा मोहमद अब्बास र ह्यारिश सोहेलले समान दुई दुई विकेट लिए।

टेस्टको दोस्रो दिन शनिबार पाकिस्तानले जवाफी ब्याटिङ गर्नेछ।

प्रकाशित मिति: : 2020-02-08 10:46:39

प्रतिकृया दिनुहोस्