‘म्याच फिक्सिङ’ गर्ने तीन पाकिस्तानी खेलाडीलाई जेल सजाय

खेल मिलेमतो ‘म्याच फिक्सिङ’को आरोपमा दोषी पाइएपछि पाकिस्तानका ब्याट्सम्यान नासिर जमशेदसहित तीन जनालाई जेल सजाय सुनाइएको छ।

पाकिस्तानको राष्ट्रिय टिमको पूर्व सदस्य रहेका जमशेद गएको वर्षको फेब्रुअरीमा पक्राउ परेका थिए। उनीसँगै युसेफ अनवर र मोहम्मद इजाजलाई पनि खेल मिलेमतोको आरोपमा पाकिस्तानको नेशनल क्राइम एजेन्सीले पक्राउ गरेको थियो।

तीनै खेलाडीले अपराध स्वीकार गरेपछि उनीहरुलाई जेल सजाय भएको हो। राष्ट्रिय टिमबाट ६० भन्दा बढी खेलमा सहभागी भएका जमशेदलाई १७ महिनाको जेल सजाय भएको छ। यस्तै अनवरलाई ४० महिना तथा इजाजलाई ३० महिनाको जेल सजाय भएको छ। 

सन् २०१६ मा भएको बंगलादेश प्रिमियर लिगमै उनीहरुले खेल मिलोमतो गर्ने प्रयास गरेका थिए, तर सो योजना सन् २०१८ को पिएसएलमा आएर सफल भएको देखिएको हो।

सन् २०१८ को फेब्रुअरीमा भएको पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेटमा म्याच फिक्सिङ्ग गर्न अरु खेलाडीलाई पनि जमशेदले उक्साएको खुलेको छ। उनले केही बलमा रन नलिन र त्यसबापत ३० हजार पाउण्डस्ट्रलिङ्ग बाँडेर लिने गरी खेलाडीलाई उक्साएका थिए।
 

प्रकाशित मिति: : 2020-02-08 20:51:00

प्रतिकृया दिनुहोस्