नेपाललाई पहिले ब्याटिङकाे निम्ताे, ओपनिङमा कप्तान मल्ल

आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई टस जितेर पहिले ब्याटिङ्को निम्तो दिएको छ।

नेपालले टिममा दुई परिवर्तन गरेको छ।

अमेरिकाविरुद्ध सुवास खकुरेल र कुशल मल्लले स्थान बनेका छन्।

शरद भेषवाकर चोटका कारण सिरिज गुमाउने भएपछि उनको स्थानमा सुवास आएका हुन्।

यस्तै, कुशल मल्लले एकदिवसीय अन्तराष्ट्रिय खेलमा डेब्यु गरेका छन्।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा ओपनिङमा कप्तान ज्ञानेन्द्र मल्ल र सुवास खरेल आएका छन्।

नेपाल र अमेरिका त्रिकोणात्मक सिरिजमा पहिलो जितको खोजीमा मैदान उत्रिएका छन्।

नेपाल र अमेरिका पहिलो खेलमा ओमानसँग पराजित भएका थिए। पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो भने अमेरिकालाई ओमानले ६ विकेटले पराजित गरेको थियो।

लिगको अन्तर्गत अमेरिका शीर्ष स्थानमा रहेको छ। उसले ९ खेलमा ६ जित हात पार्दै १२ अंकका साथ नेट रन रेटमा ओमानलाई पछि पारेको छ।

नेपाल भने एक खेल खेल्दा अंक विहीन रहदै तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ। 
 

प्रकाशित मिति: : 2020-02-08 22:15:28

प्रतिकृया दिनुहोस्