ठगी खाने भाँडो बन्दै महायज्ञकहरू

कमल रिजाल

काठमाडौँ

धर्मको नाममा व्यापार गर्नेहरू हौसिँदै गएका छन् यतिबेला । व्यापार भन्नुभन्दा पनि ठगी धन्दा भन्नु मनासिव हुनेछ । व्यापारमा कम्तिमै भएपनि आय–व्ययको कुरो आउँछ र भ्याट र प्यानले पनि स्थान पाउँछ तर यसमा त केही पनि पर्दैन । धर्मको नाम दिनुपर्छ जति पाए पनि हुन्छ, जति खाए पनि हुन्छ, जति लगेपनि हुन्छ, जति ठगे पनि हुन्छ ।

न ऐनको दफाले छुन सक्छ, न कानूनका नियमले समाउन सक्छ । महायज्ञको नाम दिएपछि आयव्यय पारदर्शी हुन पनि पर्दैन, लेखा परीक्षणको झन्झट पनि रहन्न । मासिक ५०–६० हजार कमाउने कर्मचारीले १५ प्रतिशतको दरले सरकारलाई कर तिर्नुपर्छ तर धर्मको नाम दिएपछि मासिक लाखौं कमाए पनि कोही बोल्दैन । 

प्रकाशित मिति: : 2020-02-08 23:55:26

प्रतिकृया दिनुहोस्