काठमाडौंमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत दोस्रो खेलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ।
टस हारेर पहिले ब्याटिङमा आएको नेपालले छैठौं विकेट गुमाएको छ। छैठौ विकेटको रुपमा कुशाल मल्ललाई गुमाएको हो। उनले ५० रन बनाए। उनको विकेट करिमा गोरेले लिएका हुन्। उनले ५१ बलमा ५० रन बनाउन ४ चौका र ३ छक्का प्रहार गरे। उनले प्रहार गरेकाे बल एल्मोरे हट्चिनसनले समातेका थिए।
यसअघि पाँचौ विकेटमा नेपालले आरिफ शेषलाई व्यक्तिगत २ रनमा गुमाएको थियो। १६ बलमा २ रन बनाएका शेष २० औं ओभरको पाँचौ बलमा सौरभ नेट्रावाल्करको बलमा आउट भए।
यसअघि चौथौ विकेटको रुपमा पारस खड्कालाई गुमाएको थियो।
पारस १७ औं ओभरको अन्तिम बलमा आउट भएका हुन्। उनले ५२ बलमा २ चौका प्रहार गर्दै १९ बनाए। उनी क्यामरोन स्टेभेन्सनले फ्याँलेको बलमा आउट भएका थिए। पारस आउट हुनुपूर्व कप्तान ज्ञानेन्द्र मल्लसँग ४० रनको साझेदारी गरेका थिए।
यसअघि नेपालले उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो। ऐरी २ बल खेल्दै शून्य रनमा आउट भएका थिए। उनी कप्तान सौरभ नेट्रावाल्करको बलमा जेभिएर मार्शलको हातबाट आउट भए।
यता दोस्रो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो। मल्ल १३ औं ओभरको पाँचौ बलमा क्यामरोन स्टेभेन्सनले आउट बनाएका थिए। मल्ल स्टेभेन टेलरको हातबाट क्याच आउट भए। मल्लले विकेट गुमाउनु अघि ३९ बलमा ४ चौका प्रहार गर्दै २१ रन बनाएका थिए।
त्यस्तै नेपालले सुवास खकुरेललाई ३ रनमा गुमाएको थियो। तेस्रो ओभरको पहिलो बलमा रस्टी थेरनले गरेको बलिङमा मोनाङक पटेलको हातबाट क्याच आउट भएका थिए।