काठमाडौंमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत दोस्रो खेलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ।
टस हारेर पहिले ब्याटिङमा आएको नेपालले ८ औं विकेट गुमाएको छ। ८ औं विकटको रुपमा नेपालले सन्दीप लामिछानेलाई गुमाएको छ। उनी शून्य रनमा आउट भए।
४०औं ओभरको तेस्रो बलमा अमेरिकाका एल्मोरे हट्चिनसनको बलमा स्टेभेन टेलरले सन्दीपले प्रहार गरेको बल समातेका हुन्।
यसअघि करण केसी १२ रनमा आउट भएका थिए। आउट हुनुपूर्व उनले विनोद भण्डारीसँग २१ रनको साझेदारी गरेका थिए। उनी टेलरकै बलमा आउट भएका हुन्। उनले प्रहार गरेको बल अक्षय होमराजले समातेका थिए।
नेपालले छैठौ विकेटको रुपमा कुशाल मल्ललाई गुमाएको थियो। ५० रन बनाएर खेलिरहेका मल्लको विकेट ३५ औं ओभरको दोस्रो बलमा करिमा गोरेले लिएका हुन्। उनले ५१ बलमा ५० रन बनाउन ४ चौका र ३ छक्का प्रहार गरे। उनले प्रहार गरेको बल एल्मोरे हट्चिनसनले समातेका थिए।
मल्ल आउट हुनुपूर्व विनोद भण्डारीसँग ६९ रनको साझेदारी गरेका थिए।
यसअघि पाँचौ विकेटमा नेपालले २० औं ओभरको पाँचौ बलमा आरिफ शेषलाई व्यक्तिगत २ रनमा गुमाएको थियो। १६ बलमा २ रन बनाएका शेष सौरभ नेट्रावाल्करको बलमा आउट भए।
यसअघि चौथौ विकेटको रुपमा पारस खड्कालाई गुमाएको थियो।
पारस १७ औं ओभरको अन्तिम बलमा आउट भएका हुन्। उनले ५२ बलमा २ चौका प्रहार गर्दै १९ बनाए। उनी क्यामरोन स्टेभेन्सनले फ्याँलेको बलमा आउट भएका थिए। पारस आउट हुनुपूर्व कप्तान ज्ञानेन्द्र मल्लसँग ४० रनको साझेदारी गरेका थिए।
यसअघि नेपालले उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो। ऐरी २ बल खेल्दै शून्य रनमा आउट भएका थिए। उनी कप्तान सौरभ नेट्रावाल्करको बलमा जेभिएर मार्शलको हातबाट आउट भए।
यता दोस्रो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो। मल्ल १३ औं ओभरको पाँचौ बलमा क्यामरोन स्टेभेन्सनले आउट बनाएका थिए। मल्ल स्टेभेन टेलरको हातबाट क्याच आउट भए। मल्लले विकेट गुमाउनु अघि ३९ बलमा ४ चौका प्रहार गर्दै २१ रन बनाएका थिए।
त्यस्तै नेपालले सुवास खकुरेललाई ३ रनमा गुमाएको थियो। तेस्रो ओभरको पहिलो बलमा रस्टी थेरनले गरेको बलिङमा मोनाङक पटेलको हातबाट क्याच आउट भएका थिए।
नेपाल १४२ –८ विनोद भण्डारी–४५ शुसन भारी–६ साझेदारी १० रन