विश्वकप फुटबल

यी दाजु–भाइ जाे एकअर्काविरुद्ध मैदानमा उत्रिन्छन्

Photo: Agency
Photo: Agency

फुटबलको महामेला नजिकिँए सँगै यतिबेला विश्वभर माहोल तताइरहेको छ। यतिबेला मानिसहरुमा विश्वकपलाई लिएर चर्चा र आलोचना भइरहेको छ।

विश्वकप अझ बढी रोचक त तब हुनेछ, जब एकै दाजु–भाइ फरक देशबाट एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्ने छन्। हो, विगत केही वर्षदेखि एकै दाजु–भाइ एकअर्काविरुद्ध खेलेर विश्वभर प्रशंसा पाइरहेको छन्, चाहे उनीहरुले क्लबबाट खेलोस् वा देशबाट। विश्वका केही चर्चित खेलाडीहरुले यो प्रशंसा पाउन सफल भइरहेका छन्।

यी दाजु–भाइ, जाे एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्दै आएका छन् ?

ग्राइन्ट साका र टोलेन्ट साका

यी दुई दाजु–भाइ विगत केही वर्षदेखि एकअर्काविरुद्ध प्रतिस्पर्धा गरिरहेका छन्। ग्राइन्ट साका स्वीजरल्याण्ड राष्ट्रिय टोलीका कप्तान हुन् भने टोलेन्ट साका अल्बाँनिया राष्ट्रिय टोलीका डिफेन्सिप मिडफिल्डर हुन्।

ग्राइन्ट साकाले सन् २०११ मा सिनियर राष्ट्रिय टोलिबाट डेब्यू गरेका थिए। सन् २००९ मा उनी सामेल टिम यु- १९ विश्वकपमा च्याम्पियन बनेकाे थियाे। ग्राइन्ट आर्सनल क्लबमा आवद्ध छन्। उनले सन् २०१४ र २०१८ को विश्वकपमा स्वीटजरल्याण्डबाट प्रतिनिधित्व गरेका थिए।

pinterest

टोलेन्ट साका स्वीस लिग क्लब बसेलबाट खेल्दै आइरहेका छन्। उनले आफू ६ वर्ष हुँदादेखि नै फुटबल खेल्न थालेका थिए। टोलेन्टले स्वीटजरल्याण्डबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धमा डेब्यू गरे पनि सन २०१३ मा अल्बाँनिया राष्ट्रिय टोलीबाट खेल्ने थालेका हुन्।

उनीहरु दुई दाजु–भाइले च्याम्पिनसिप लिगअन्तर्गत भएको खेलमा एकअर्काविरुद्ध खेलेका थिए।

पोग्बा ब्रदरस

फ्लोरिन्ट पोग्बा र पाब्ल पोग्बा पनि दाजु–भाइ हुन्। फ्लोरिन्ट पोग्बा गिनियान राष्ट्रिय टोलीबाट खेल्छन् भने पाब्ल पोग्बा फ्रान्सेली राष्ट्रिय टोलीबाट खेल्छन्।

फ्लोरिन्ट पोग्बा गिनियान राष्ट्रिय टोलीका खेलाडीसहित इन्डियन सुपर लिगका खेलाडी समेत हुन्। फ्लोरिन्ट पोग्बाबको जुम्ल्याह भाइ माथिस पोग्बा पनि फुटबल खेलाडी हुन्।

विश्वका एक चर्चित खेलाडी हुन पाब्ल पोग्बा। फ्रान्सेली राष्ट्रिय टोली र फुटबल क्लब युभेन्टसका मिडफिल्डर उनी फ्लोरिन्ट पोग्बा र माथिस पोग्बाका भाइ हुन्।

उनी १९ वर्षको हुँदा विश्वप्रख्यात क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्न मौका पाएका थिए तर त्यसबाट उनले आफ्नाे फुटबल करिअरको सुरुआत गरे।

यी दुई दाजु–भाइले सन २०१६ को युरोपियन लिग अन्तर्गत एकअर्काविरुद्ध आम्नेसाम्ने भएका थिए।

बोटेङ भाइहरु

फुटबल जगतका एक चर्चित दाजु–भाइकाे नाम हाे, जेरोम बोटेङ र के्भिन प्रिन्स बोटेङ।

जेरोम बोटेङ जर्मनी राष्ट्रिय टोलीका सेन्टर ब्याक खेलाडी हुन्। उनले सन २०१४ र २०१८ को विश्वकप खेलेका थिए। सन २०१८ को विश्वकपमा जेरोमक टिमको एउटा महत्वपूर्ण खेलाडी थिए। उनले जर्मनी टिमबाट यू- १७र यू- १९ मा राष्ट्रिय खेल खेलेका थिए।

completesports

केभिन प्रिन्स बोटेङ घाना राष्ट्रिय टिम तथा बनडिसक्लाका मिडिफिल्डर हुन्। उनले सन् २०१० देखि २०१४ सम्म १५औँ पटक घानाको प्रतिनिधित्व गरेका छन्।

यी दुई दाजु–भाइको भेट सन् २०१० को विश्वकपमा ग्रुप टेष्ट म्याचमा जर्मनी र घानाअन्तर्गत भएको थियो।

द अलकान्तारा ब्रदरस्

थिआगोन अलकान्तारा र रफीनहा अलकान्तारा पनि दाजु–भाइ हुन्। थिआगोन अलकान्तारा स्पेनिस राष्ट्रिय टोली तथा लिभरपुलका मिडिफिल्डर हुन। उनले सन २०११ बाट अन्तर्राष्ट्रिय प्रतियाेगितामा डेब्यू गरेका थिए। उनी सन २०१४ र २०१८ को विश्वकपमा सहभागी भएका थिए।

Getty/Goal

रफीनहा अलकान्तारा ब्राजिलियन राष्ट्रिय टोलीका अटायकी मिडफिल्डर हुन्। उनले सन २०११ मा बार्सिलोनाबाट डेब्यू गरेका थिए। उनले स्पेन र ब्राजिल दुवै देशको प्रतिनिधित्व गरेका छन्।

उनीहरु दुई दाजु–भाइकाे भेट च्याम्पियन्स लिग अन्तर्गत बार्यन म्युनिख र बार्सिलोनाबीच भएको खेल थियो।

द काहिल्स ब्रदरस्

टिम काहिल्स र क्रिस काहिल्स पनि फुटबलमा एक अर्का विरुद्ध प्रतिस्पर्धा गर्ने दाजु–भाइ हुन्। टिम काहिल्स अस्ट्रेलियका चर्चित खेलाडी हुन्। उनलाई अस्ट्रेलियामा ग्रेटेस फुटबल प्लेयर भनेर चिनिन्छन्। उनी अस्ट्रेलिया राष्ट्रिय टोलीका अटायकी मिडफिल्डर हुन्। उनले आफ्नाे १०८ खेलमा ५० गोल गरेका छन्।

क्रिस काहिल्सले समाओ राष्ट्रिय टोलीबाट खेलेका थिए। उनी सो टोलीका कप्तान समेत थिए। उनले सन २०१० मा फिफा विश्वकपमा आफ्नाे राष्ट्रलाई क्वालिफाइर राउन्डसम्मा पुर्याएका थिए।

अहिले यी दुवै जनाले फुटबलबाट सन्यास लिइसकेका छन्।

प्रकाशित मिति: : 2022-11-17 09:50:00

प्रतिकृया दिनुहोस्