संघर्षको पर्याय ‘जुनी’ : बसको स्टीयरिङले बदलेको जिन्दगी

सुर्खेतका कमल खड्का ‘जुनी’ कम उमेरमै बसको सहचालक बने । त्यसपछि चालक हुँदै उनी सुर्खेतमै सफल व्यवसायी बनेका छन् ।
उनले जिन्दगीको गोरेटोमा थुप्रै संघर्ष गरे । खाउखाउ र लाउलाउ भन्ने उमेरमै अभिभावक गुमाए । उनले कयौं रात बसको स्टीयरिङमै बिताए ।

दैलेख जिल्लाको साविकको छिउडी पुसाकोट गाविस–१ मा जन्मिएका जुनीले कर्मभूमीको रुपमा सुर्खेतलाई चुने ।‘१५ वर्षको उमेरमा मैले आमा गुमाएँ । आमा गुमाएको  २ वर्षअघि मात्रै मैले आफ्नो दाजु गुमाइसकेको थिएँ । आमा र दाजु गुमाउँदा दुःखका दिन शुरू भए,’ उनले भने । यससँगै पढाइ प्रभावित भयो, सरकारी जागिर खाने उनको धोको तुहियो ।

 

प्रकाशित मिति: : 2020-02-09 04:16:52

प्रतिकृया दिनुहोस्