नेपाललाई तेस्राे झड्का, दीपेन्द्र पनि आउट

आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा टस हारेर पहिले ब्यटिङ गरिरहेको नेपालले तेस्राे विकेट गुमाएको छ।  

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको नेपालले तेस्राे विकेटकाे रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएकाे हाे। उनी मोहम्मद नदिमको बलमा  फाइन लेग क्षेत्रमा बिलाल खानकाे हातबाट क्याच आउट भए। 

१५ औं ओभरको पहिलो बलमा सुवास खकुरेललाई पहिलो विकेटका रुपमा गुमाएको थियाे।

ओपनर सुवास १ चौकाको मद्दतमा २२ रनमा खेलिरहेका थिए। सुवासलाई ओमानका मोहम्मद नादेमले आउट पवेलियन फर्काएका हुन्। उनले पहिलो विकेटका लागि ज्ञानेन्द्रसँग ४८ रनको साझेदारी गरे।

 

प्रकाशित मिति: : 2020-02-09 23:57:43

प्रतिकृया दिनुहोस्