नेपाललाई दाेस्राे सफलता, सुशनले लिए विकेट

आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले दिएको २ सय ५० रनको विशाल लक्ष्य पछ्छाएको ओमानले दाेस्राे विकेट गुमाएको छ। 

नेपाललाई दोस्रो सफलता सुशन भारीले दिलाएका हुन्। उनले १८ औं ओभरको पाँचौ बलमा खवार अलिलाई आउट बनाए। अलिले ५६ बलमा ६ चौका प्रहार गर्दै ४१ रन बनाएका थिए।

यसअघि ओमानले पहिलो विकेटको रुपमा जतिन्दर सिंहलाई गुमाएको थियाे। उनकाे विकेट ११ औं ओभरको दोस्रो बलमा नेपालका युवा अलराउण्डर कुशल मल्लले लिएका हुन्। 

 

प्रकाशित मिति: : 2020-02-10 03:15:43

प्रतिकृया दिनुहोस्