दक्षिण अफ्रिकालाई अन्तिम एकदिवसीय खेलमा इंग्ल्यान्डले हरायाे

तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इंग्ल्यान्डले जित निकालेको छ।

जोहन्सवर्गमा आइतबार घरेलु टिम दक्षिण अफ्रिकाविरुद्ध भएको खेलमा इंग्ल्यान्डले २ विकेटको जित हासिल गरेको हो।

दक्षिण अफ्रिकाले दिएको २ सय ५७ रनको लक्ष्य इंग्ल्यान्डले ४३ ओभर २ बलमा ८ विकेट गुमाएर पुरा गर्यो।

 इंग्ल्यान्डको जितमा जोइ डेन्लीले ६६ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ७९ बलमा ६ चौका र ३ छक्का प्रहार गरे।

यता ५२ बलमा जोय रुटले ४९ रन बनाएका। यस्तै जोनी बेयर्सटोले ४३ रन बनाउँदा टम बन्टनले ३२ रन बनाए। यता जेशन रोय २१,मोइन अलिले नट आउट १७ रनमा बनाउँदा अन्यले दोहोरो अंक छुन सकेनन्।

दक्षिण अफ्रिकाक लुंगी नेग्दी र बेउरन हेन्ड्रीक्सले ३र३ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५६ रन बनाएको थियो।

दक्षिण अफ्रिकाका लागि डेभिड मिल्लरले अविजित ६९ रन जोडे। उनले उनले ५३ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। यस्तै कप्तान क्विनटन डी ककले ६९ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ८१ बलमा ५ चौका र २ छक्का प्रहार गरे। 

यता जेजे स्मुट्स ३१ र टेम्बा बाभुमा २९ रनमा आउट भए।

इंग्ल्यान्डका आदील राशिदले ३ विकेट लिए।

प्रकाशित मिति: : 2020-02-10 11:01:09

प्रतिकृया दिनुहोस्