ईपीएल

ईपीएल : पोखरा राइनोजलाई ललितपुरको ५२ रनको लक्ष्य

ईपीएल
ईपीएल

चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा ललितपुर प्याट्रीयट्सले पोखरा राइनोजलाई ५२ रनको लक्ष्य दिएको छ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर ५१ रन बनायो। मंगलबार परेको वर्षाको कारण आउटफिल्ड भिजेको कारण दुई घण्टा भन्दा ढिला सुरु भएपछि खेल ७ ओभरमा घटाईएको थियाे।

ललितपुरका लागि सन्दुन वीराक्कोडीले सर्वाधिक १९ रन जाेडे। ओशाडा फर्नान्डोले अविजित १० रन बनाए। नारायण जोशी ११ तथा कप्तान कुशल भुर्तेल ३ रनमा आउट भए।

पवन सर्राफले ५ रन जोड्दा अज्मातुल्लाह ओमार्जाईले १ रन बनाए। सन्दीप जोरा सुन्य रनमा आउट हुँदा राशिद खान सुन्य रनमा अविजित रहे।

ललितपुरलाई सस्तैमा समेट्न पोखराका नन्दन यादवले ३ विकेट लिए। बिक्रम सोबले २ तथा केस्रिक विलियम्सले १ विकेट लिए।

प्रकाशित मिति: : 2021-09-29 13:09:00

प्रतिकृया दिनुहोस्