युद्धस्तरमा खटिँदै चीन

१० दिनमा निर्माण भएको हजार शैय्याको अस्पताल

कोरोना भाइरस

बेइजिङ : नोबल कोरोना भाइरसलाई पराजित गर्न चीन युद्धस्तरमा लागेको छ। कोरोनाको उद्गमस्थल मानिने उहान सहर सबैभन्दा बढी प्रभावित छ। ३ हजार वर्षभन्दा लामो इतिहास बोकेको यो ठाउँ चीनको मध्य भागमा रहेको हुपै प्रान्तमा पर्छ। हानच्याङ र छाङच्याङ नदीको बीचमा रहेको च्याङहान क्षेत्रको उर्वर भूमि उहान मध्य चीनको व्यापार र पारवहन ‘हब’ हो। उहानलाई नौ प्रान्त र सहरको ‘गेटवे’ नै मानिन्छ।

दोक्लम काण्डमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सन् २०१८ मा उहानमै अनौपचारिक वार्ता भएको थियो। त्यसलाई ‘उहान भावना’ भनेर व्याख्या गरिएको थियो। यसकै दोस्रो संस्करणस्वरूप २०१९ अक्टोबरमा भारतको ममल्लापुरम (महाबलिपुरम)मा वार्ता भएको थियो।

प्रकाशित मिति: : 2020-02-10 19:48:27

प्रतिकृया दिनुहोस्